About Us
एफईसी स्थापना र सञ्चालन कै क्रममा करिव छ वर्ष पछि २०५९ सालमा तारानाथ कडेलज्यूको संयोजकत्व र गुल्मी जिल्लाबाट बसाई सरी आउनु भएका समाज सेवीहरुको पहल कदमीमा अर्को वचत तथा ऋण सहकारी संस्था खोल्ने निर्णय भयो । जसको नाम धनकोष वचत तथा ऋण सहकारी संस्था लि. राखियो साथै उक्त संस्थाको नाममाकरण पनि श्री तारानाथ कडेलबाट भएको थियो । सुरुमा प्रति व्यक्ति रु.१००००। दश हजार शेयर र मासिक रु. १०००। एक हजार वचत गर्ने निधो भयो र मिति २०६२÷११÷२८ गते डिभिजन सहकारी कार्यालय भैरहवामा विधिवत दर्ता गरियो । एकै स्थानमा दुवै एकै प्रकृतिका संस्था र शेयर सदस्यहरु पनि ५०∞ एफइसी तर्फ रहेका ह“ुुदा २०७५ साल मंसिर २२ गतेका दिन यि दुवै संस्थाको विधिवत एकीकरण गरी संयुक्त सधारणसभाबाट श्री एफइसी धनकोष वचत तथा ऋण सहकारी संस्था लिमिटेड ंधोषणा गरियो ।
“एकले थुकि सुकि हजार थुकि नदि” भन्ने भावनाका साथ एकले अर्कोलाई सहयोग गर्ने सबै संगैं मिलेर बस्ने सहकारीको भावनाको विकास हाम्रो समाजमा परापुर्वकालदेखि भएको भएता पनि संस्थागत रुपमा ई.सन् १८४४ मा बेलायतको रोचडेलबाट सुरुवात भएको ईतिहास हामीले पाउंदछौं । यो अभियान बिश्व भरि फैलिदै नेपालमा बिक्रम सम्बत २०१३ साल चैत्र २० गते चितवनको बखान सहकारीबाट अगाडि बढेको पाईन्छ । स्थानीय स्तरमा सहकारीको शुरुवात भएको भएता पनि सहकारीको मुल मर्म अनुसार सहकारी अभियान अगाडि बढ्न सकेको पाईदैन । सरकार नियन्त्रित सहकारी अगाडि बढेको भएता पनि स्थानीय जनताले स्वायत्त रुपमा सहकारी स्थापना गर्न सक्ने वातावरण सहकारी ऐन २०४८ र नियमावली २०४९ आएपछि मात्र प्राप्त भएको देखिन्छ । सहकारी ऐन नियमावली संसोधन भै थप सहकारी मैत्री वातावरण तयार हुन गएको छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ जारी भएको छ भने प्रदेश र पालिका ऐन पनि निर्माणाधीन छन् । अहिले नेपालमा चिया, कफी, अलैचि, दुग्ध उत्पादक, कृषि, मौरी पालन, जुनार उत्पादक, फलफुल उत्पादक, शिक्षा, सुचना, स्वास्थ्य, उपभोक्ता सहकारी, तरकारी सहकारी ,जलबिद्युत सहकारी वचत तथा ऋण सहकारी समेत कुल प्रारम्भिक सहकारी संस्थाहरु स्थापना भएर काम गरिरहेका छन् । जिल्ला सहकारी संघंं, बचत ऋण सहकारी संघ गठन भै क्रियाशिल रहेका छन् । प्रदेश सहकारी संघ र प्रदेश वचत तथा ऋण सहकारी संघगठन भएका छन् ।
वचत तथा ऋण सहकारी संस्थाहरु वित्तिय कारोवार गर्ने संस्थाहरु हुन् । वित्तीय क्षेत्र स्वभावतः जोखिम बढी भएको क्षेत्र हो । संस्थाले सदस्यका आवश्यकताहरुलाई गुणस्तरीय उत्पादन र सेवा मार्फत पुरा गर्नु पर्दछ । यसका लागि संस्थालाई प्रतिष्प्रर्धी र समुदायको उत्कृट संस्थाको रुपमा विकास गर्न पनि त्यत्ति कै आवश्यक छ । संस्थागत बृद्धिका लागि योजना अपरिहार्य रहेको छ । योजना विना उपलब्धी कोरा कल्पना मात्र हुन जान्छ । योजना मार्ग चित्र हो जसको माध्यमबाट संस्थाको लक्षित गन्तव्य हासिल गर्न सकिन्छ । त्यसको साथै प्रतिष्पर्धी वित्तीय बजारमा संस्थाको साख उच्च बनाउन र अग्रस्थान हासिल गर्न पनि संस्थाको ठोस योजना र संस्थाको टिमको साझा वुझाई आवश्यक पर्दछ । संस्थाको परिकल्पना नै संस्था डोराउने माध्यम हो । यस तथ्यलाई मनन गरी संस्थालाइ नीति र योजनामा आधारित गरी विधि र प्रविधि एवम् सक्षम जनशक्तिबाट संचालन गर्न गराउन र संस्थाका संस्थापकहरुले देखेको सपनालाई मूर्तरुप दिन एकीकरणको महान उपलब्धि पछि एफइसी धनकोष वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चारवर्षीय रणनितक व्यवसायिक योजना निर्माण गर्ने प्रथम जमर्को भएको छ । यस भन्दा अगाडि संस्थाको आवधिक योजना निर्माण गर्न सकिएको थिएन । यस योजना निर्माण पश्चात संस्थाको एक सुष्पस्ट मार्ग चित्र तयार भै संस्थाको समग्र कार्य संचालन प्रणाली र उत्पादन तथा सेवाको विकास , मानव संसाधन विकास र परिचालन , एवम् संस्थागत विकासमा परिमाण मुखी नतिजाहरु देखा पर्ने अपेक्षा लिइएको छ ।
एक सहकारी एक चिनारी , गाउ गाउमा सहकारी घर घरमा भकारी ,अपनाउ सहकारी बढाऊ स्वरोजगारी जस्ता नारा बोकेको सहकारी अभियान सफल गर्न प्रत्येक नेपाली यसको अभियन्ता बन्नुपर्छ । नेपालमा कैयन वर्षसम्म विभिन्न खाले सामाजिक क्षेत्रमा संचालित सहकारी संस्थाहरुले सहकारी शिक्षाको पहुच जनमानसमा पु¥याउन नसकेको अवस्था छ । समान लक्ष्य र उद्देश्यको सामुहिक कार्यद्वारा एकैसाथ उन्नति गर्न स्वच्छाले आवद्ध भई साझेदारी लाभ दिने सर्वसाधारणको साझा संगठन सहकारी भएकोले यसको मर्म आम जनसाधारणले बुझ्न आवश्यक छ । आर्थिक सामाजिक हिसाबले सबृद्ध जिवनस्तर निर्माण गर्न सहकारीेको सर्बव्यापी पहुच हुन नितान्त आवश्यक छ । छरिएर रहेको पुजी, छरिएको सिप, श्रम, स्रोतसाधनलाई संगठित गरेर सबै जात, धर्म, वर्ग, क्षेत्र र संस्कृतिका जनताको एउटै साझा संगठन सहकारी हुने भएकाले व्यवसाय मुखी उद्यम विकास गर्न यो साधन सिद्ध सावित भएको छ । यसका लागि सहकारीलाई दिगो बनाई राख्न र उद्देश्य हांसिल गर्नका लागि रणनीतिक व्यवसायिक योजानाको आवश्यकता अपरिहार्य बनेको छ । यस संस्थालाई योजनवद्घ रुपमा दिगो बनाउन संस्थाको यो व्यवसायिक योजना निर्माण गरिएको हो ।
यस संस्थाको कार्यालय रहेको तिलोत्तमा नगरपालिका भौगोलिक दृष्टिकोणले सुविधा सम्पन्न स्थानमा रहेको छ । भौतिक पूर्वाधारको विकास भएको छ । व्यापार तथा उद्योगहरु सञ्चालनमा रहेका छन् । राजनैतिक चेतनाबाट माथि उठेका यहा“का मानिसहरुमा संघसंस्था स्थापना र संचालनमा ऐक्यबद्धता पाईन्छ ।
रुपन्देही जिल्लाको बुटवल मणिग्राम मंगलापुर भलवारी र नयाँमिल आदि स्थानहरुमा गुल्मी जिल्लाबाट वसाईसरी आउनेहरुको संख्या बाक्लिदैे गएको थियो । २०४६ सालको परिवर्तन पछि सामाजिक संघ संस्थाहरु खोल्ने र त्यसमा संगठित हुने परिपाटी तिव्र रुपमा विकास हुदै गएको अवस्थामा सहकारी ऐन २०४८ आएपछि बचत तथा ऋण सहकारी संस्थाहरु पनि गठन हुन थाले । यसै क्रममा यस क्षेत्रमा बसोवास गर्ने गुल्मेलीहरु समय समयमा आपसी भेटघाट हुने गर्दथ्यो र समय सान्दर्भिक कुराकानी गर्दा एक प्रकारको समझदारी एउटा आर्थिक कृयाकलापलाई संगठित र संस्थागत रुपमा अगाडी बढाउनु रह्यो । त्यसै कुरालाई मनन गरी सहकारीको माध्यम नै सबैभन्दा उत्तम माध्यम भएको कुरा महसुस गरी एउटा सहकारी संस्था स्थापना गरी सञ्चालन गर्ने निधो गरियो । २०५२ साल पौष २१ मा समाजसेवी श्री तारानाथ कडेलको अगुवाई तथा श्री हरिप्रसाद कडेलको विशेष सक्रियतामा श्री वेदप्रसाद कडेल र श्री ऋषिराम कडेलको सहभागितामा वेदप्रसाद कडेलको बुटवल स्थित व्यावसायिक घरमा बसी संहकारी संस्था स्थापना गर्ने निर्णय भएको थियो ।
वि.स. २०५२ साल कार्तिक ०७ गतेका दिन समुदायमा छरिएर रहेको पुँजी संकलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरी समुदायका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा सुधार गर्दै मानिसको जीवनस्तर परिर्वतन गर्ने समाजलाई थप एकतावद्ध गर्ने उद्देश्यका साथ श्री हरिप्रसाद कडेलको अध्यक्षमा लुम्बिनी अञ्चलाई कार्यक्षेत्रमानी सहकारी विभाग काठमाडौमा बचत तथा ऋण सहकारी संस्था लि को स्थापना भएको हो । प्रारम्भमा सहकारीताको अनुभवको केही कमी रहेकोले कर्जा लगानी सुव्यवस्थित हुन सकेन । सदस्यहरुको आर्थिक रुपान्तरण गर्ने विद्यमान वेरोजगारी समस्याको न्यूनिकरण गर्दै “एकका लागि सबै र सबैका लागि एक” भन्ने भावनाका साथ अगाडी बढाउदै लैजाने क्रममा सकारात्मक नकारात्मक परिस्थिति र विभिन्न समस्याहरुको सामना गर्दै संस्था निरन्तर अगाडि बढी रहेको छ ।
सहकारी सञ्चालन लाई परिमार्जन सहित थप अग्रगतिमा लैजानका लागि मिति २०६०।२०६१ मा वित्तीय क्षेत्रका अनुभवी श्री चिरन्जीवी शर्मा र देवि प्रसाद पौडेलसहितकोे व्यवस्थापकीय नेतृत्व र संचालकहरुको पूर्ण सक्रियतामा संस्थागत विकास, वित्तीय व्यवस्थापन सुदृढ हुदै गएको हो । तत्कालीन समयमा कराव कर्जा असुलीमा सक्रियताका साथ संलग्न रहनु भएका संचालक तथा सदस्यको नामावली निम्नानुसार रहेको थियो ।
श्री हरिप्रसाद कडेल संस्थापक अध्यक्ष, बरिष्ठ सल्लाहकार
श्री तारानाथ कडेल अध्यक्ष
श्री बेदप्रसाद कडेल उपाध्यक्ष
श्री खगेन्द्रराज बन्जाडे सचिव
श्री भोजराज कडेल सहसचिव
श्री टेकनारायण पोख्रेल कोषाध्यक्ष
श्री गोपाल प्रसाद कनौजे सदस्य
श्री जे.पी. कडेल सदस्य
श्री निरज कडेल सदस्य
श्री नुमानिधि कनौजे सदस्य
श्री विजयालक्ष्मी पाण्डे सदस्य
श्री मुकुन्दहरि ज्ञवाली लेखा समिति सयोजक
सदस्यको सार्वभौम निर्णायक अधिकारलाई सुनिश्चित गर्दै संस्थामा सुशासन कायम राख्न निरन्तर नेतृत्व प्रयत्नशील रहि आएको छ । २५ जना सदस्य र करिव तेत्तिसलाख पूजी लिएर संचालन भएको यो संस्था वर्तमानमा १११५ सदस्य र करिव ४२ करोड सम्पति , नौ जना कर्मचारी , प्रसिद्ध धार्मीक तथा पर्यटकीय शान्तिभूमि लुम्बिनीको मुख्य प्रवेशद्धार सिद्धार्थ राजमार्गको छेउ मंगलापुरमा भाडामा कार्यालय भवन , आधुनिक कम्प्युटर प्रणालीमा आधारित लेखा प्रणलीसहित एकिकृत संस्थाको रुपमा सदस्यहरुलाई सहज सेवा प्रदान गर्दै आएको छ । विभिन्न उतार चढाव , तिता तथा मिठा अनुभवहरुसहित हाल संस्थाले हासिल गरेको उपलब्धि सन्तोषजनक मान्न सकिन्छ ।
हाल संस्थाले समयको अन्तराल संगै करिब २४ वर्ष पार गरिसकेको छ । यो अवधिमा सबै भन्दा उत्साहजनक र उपलब्धीपूर्ण काम भनेकै संस्था एकीकरण हो । २०७५÷०४÷२४ गते एफइसी र धनकोस साकोस एकीकरण गर्न एउटा वृहत कार्यंशाला गोष्ठी आयोजना गरी डा. ऋषिराम पाण्डेको संयोजकत्वमा एउटा कार्यदल गठन गरियो । जस्मा दुवै तर्फका जानकार व्यक्ति सम्मलित हुनु भयो । कार्यदलको पटकपटकका वैठक, छलफल, गृहकार्य र व्यापक समझदारी पैदा गरी दुवै संस्थाको विशेष संयुक्त साधारण सभाको आयोजना गरी उपस्थित सम्पूर्ण शेयर सदस्यहरुको अनुमोदनद्वारा दिनाङ्क २०७५ साल मंसिर २२ गतेका दिन विधिवत एकीकरण भएको निर्णय एवं धोषणा गरियो । संस्था एकीकरणको प्रक्रिया पुरा गरी दर्ताका लागि सम्बन्धित निकायमा कागजात फाईल पेश गरिएकोमा प्रदेश सरकारबाट स्वीकृति प्राप्त हुन नसकेको कारणले सहकारी विभागमा गई साधारणसभाको निर्णबमोजिम् संस्थाको नाम श्री एफइसी धनकोष वचत तथा ऋण सहकारी संस्था लिमिटेड राखी मिति २०७६।०५।२५ गते विधिवत दर्ता गरियो । यसरी दुई संस्था बीच एकीकरण गरी सवल संस्था वनाउन हामी सफल भएका छौ । एकीकरण पछि श्री तारानाथ कंडेलको अध्यक्षतामा एउटा नया“ संचालक समिति र लेखा सुपरीवेक्षण समितिको गठन भयो । साथै विभिन्न आवश्यक उपसमितिहरु, विवाद समाधान उपसमिति, सल्लाहकार, ऋण लगानी तथा असुली उपसमिति, शिक्षा उपसमिति, महिला उपसमिति तथा युवा उपसमिति गठन गरी सामुहिक सोचका साथ संस्था विधिविधान र प्रकियागत ढंगबाट संचालन गर्ने जमर्को गरिएको छ ।
हाम्रा बिगतका बर्षहरु उपलब्धिपुर्ण र चुनौतीपुर्ण दुवै रहेका छन् । अबसर र चुनौतीहरुको बीचबाट नै हाम्रो साकोसको यात्रा अघि बढिरहेको छ । सहकारी सिद्धन्त, मुल्य मान्यता र स्वच्छ प्रतिष्प्रर्धामा आधारित रही सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक रुपान्तरण गर्न तथा सदस्यहरुको व्यतिmगत सिपलाइ व्याबसायीकरण गर्दै उनिहरुको उत्पादनलाइ बजारीकरण गर्न , संस्थामा संलग्न सदस्यहरु बीच स्वालम्बन, पारस्पारिक सहयोग एवम् मितव्ययिताको अभिबृद्घि गर्न, नियमित बचत गर्ने बानी प्रबद्धन गर्न, समृद्व र आत्मनिर्भर सदस्य, सक्षम एवम् प्रतिष्पर्धी वित्तीय सहकारी को परिकल्पनाका साथ संस्था अगाडि बढी रहेको छ । आगामी चार वर्षमा संस्थालाई व्यवसायिक योजना अनुसार अगाडी बढाउन समेत यसको सफल कार्यान्वयन हुन जरुरी भएकाले सम्पूर्ण शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका हुने कुरामा दुई मत हुन सक्दैन । रणनीतिक व्यवसायिक योजना निर्माण गरी निरन्तर संस्थालाई शुसाशनमा हिडाउन आवश्यक नीतिहरु निर्माण गरी व्यवस्थापन लाई थप सक्षम वनाउन आवश्यक छ । हाम्रो सपना पुरा गर्न योजनामा उल्लेखित कार्यक्रमहरुको दृढ कार्यान्वयनको आवश्यकतालाई पनि आत्मसात गर्न जरुरी छ । संस्थालाई नेपालकै नमुना साकोस बनाउदैे हाम्रो लक्ष्य यसै मार्गचित्रको कार्यान्वयनबाट अगाडि बढ्ने कुरामा हामी दृढ संकल्पित छौ ।
३. कार्य क्षेत्रको संक्षिप्त परिचय
श्री एफइसी धनकोष वचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्षेत्र तत्कालीन लुम्बिनी अञ्चलको अर्घाखाची बाहेकका सबै जिल्लामा फैलिएको छ । संस्थाको मुख्य कार्याालय रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वार्ड नंं ९ मा रहेको छ । गुल्मी जिल्लाको रुरु गाउपालिकाको वार्ड नं. ४ बलेटक्सारमा संस्थाको सेवा केन्द्र रहेको छ । संस्थाको कार्य क्षेत्र प्रदेश न. ५ को राजधानी समेत पर्दछ । भौगोलिक रुपले तराई र पहाड जोडिएको यो क्षेत्र प्राकृतिक स्रोत साधनले पनि समृद्ध रहेको छ । साथै संस्थाका सदस्यहरु विशेषगरी गुल्मी जिल्लामा रुरु गाउपालिका, छत्रकोट गाउपालिका र रेसुड्गा नगरपलिका भित्र तथा रुपन्देही जिल्लामा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपासलिका तथा सिद्धार्थनगर नगरपालिकामा अधिकांशरुपमा रहेकोले आगामी दिनमा संस्थाको कार्यक्षेत्र भित्र व्यापकरुपमा विस्तार गरी सदस्यबृद्धि गर्ने निितका एवम् लक्षका साथ संस्था अघि बढेको छ ।
क) आर्थिक र सामाजिक मुल्य मान्यता
निम्न मध्यम र मध्यमस्तरको आर्थिक अवस्था र विविध जातजाति र धर्मसंस्कार भएका व्यक्तिहरुको मिश्रित बसोवास यस क्षेत्रमा रहेको पाइन्छ । अधिकांश बाहुन क्षेत्रीको बसोवास रहेपनि यस क्षेत्रमा मगर, गुरुड्, थारु, चौधरी, नेवार आदिको बसोवास रहेको छ ।
ख) बसाइसराइ तथा राजनीतिक अवस्था
यस क्षेत्रको भूमि उर्वर रहेको र शिक्षा, स्वास्थ्य, औद्योगिक विकास, रेजगार तथा यातायातको सुविधाको कारणले गर्दा पायक पर्ने पहाडहरु गुल्मी, अर्घाखांची, पाल्पा, स्याड्जा, बाग्लुड्, पर्वत र अन्य जिल्लाहरुबाट पनि बसाइसराई गरेको पाइन्छ भने राजनीतिकरुपमा पनि यस क्षेत्रका मान्छेहरु सचेत रहेका छन् ।
ग) देशको रजनीतिक अवस्था
नेपाल संघीय राज्य हो । संविधानले स्थानीय, प्रदेश र संघ गरी तीन तहको संरचना निर्धारण गरे बमोजिम देशले परिर्वतनको शुरुवात गरेको छ । त्यसैगरी सहकारीताको विकासलाई प्रोत्साहन गरेको अवस्था रहेको छ ।
घ) कानुनी
नेपालको सविधानले संघीय शासन प्रणाली, राज्यको पुनंरचना र समावेशिताका आधारभूत चरित्र बोकेको छ । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकाले सहकारी प्रवद्र्धनलाई महत्व दिएको छ । त्यसैगरी नेपालको संविधानमा सहकारी सम्बन्धमा निम्न कुराहरु उल्लेख भएको पाइन्छ ।
प्रस्तावना ः सामाजिक विविधता, समतामूलक समाज, समाजवादप्रति प्रतिवद्ध राष्ट्र (सहकरी यसको माध्यम) ।
निर्देशक सिद्धान्त ः सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने (५ (३)
राज्यका नीतिहरु ः
१.सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सदृढ गर्ने । (५१.(घ) .१)
२. सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने । (५१.(घ) .३. संविधानका अन्य नीति प्रावधानसंग अन्तरसम्बन्धित रहेको ।
४. सहकारी राज्यको आर्थिक दर्शनको अभिन्न भागमा स्वाीकारिएको ।
त्यसैगरी सहकारीलाई राज्यले आर्थिक विकासको ३ खम्बामध्ये एक खम्बाको रुपमा चिनारी दिएको र सहकारी तथा गरीबी निवारण मन्त्रालय भएता पनि एउटै कार्यक्षेत्रमा एकै प्रकृतिका थुप्रै संस्थाहरु दर्ता हुनु, प्रदेशमा सहकारी सम्बन्धी कानुन निर्माणमा ढिलाई हुनु, प्रभावकारी अनुगमन नहुनु, जिल्ला बचत संघमा दक्ष प्राविधिक नहुनु जस्ता कानुनी समस्याहरु रहेका छन् ।
ड्. यातायातको अवस्था
प्रदेश नं.५ को राजधानी (हाल अस्थायी) रहेको रुपन्देही जिल्ला यातायातले सुविधासम्पन्न रहेको छ ।
साथै यस संस्थाको कार्यक्षेत्र रहेका जिल्ला तथा संस्थाका सदस्यहरु रहेको स्थानमा यातायातको राम्रो सुविधा रहेको छ ।